काठमाडौं । नेपाली कांग्रेसले आगामी साउन २४ गते (आइतबार) केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पार्टीभित्र महाधिवेशनको तयारी, विधानको कार्यान्वयन तथा आन्तरिक व्यवस्थापनका विषयमा मतभेद देखिएको अवस्थामा बैठक आह्वान गरिएको हो ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनाअनुसार बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा सबै केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
बैठकमा विशेषगरी इतर समूहले घोषणा गरेको राष्ट्रिय भेला तथा पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।
इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ । उक्त भेलाको संयोजकको जिम्मेवारी पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई दिइएको छ ।
यता, संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने मिति सार्वजनिक गरिसकेको छ ।
बैठकमा महाधिवेशनको कार्यतालिका र सुनिश्चितता, क्रियाशील सदस्यताको नवीकरण तथा अद्यावधिक, विधानको अक्षरशः पालना गर्ने वा आवश्यक व्यवस्थाका लागि बाधा–अड्काउ फुकाउने विषय, साथै पार्टीभित्र नेताहरूको जिम्मेवारी र व्यवस्थापनका मुद्दामा केन्द्रित भएर छलफल हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






