काठमाडौं । शेख हसिना सत्ताबाट बाहिरिएको करिब दुई वर्षपछि पहिलोपटक सार्वजनिक रूपमा मिडियासामु आउने भएकी छन् । उनी अगस्ट ५ मा भारतको नयाँ दिल्लीमा आयोजना हुने भर्चुअल कार्यक्रममा सहभागी हुँदै आफ्नो राजनीतिक भविष्य, बंगलादेश फर्किने सम्भावना र समसामयिक विषयमा धारणा राख्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रम Foreign Correspondents' Club of South Asia ले आयोजना गरेको हो । नयाँ दिल्लीस्थित सर मार्क टली अडिटोरियममा साँझ ६ बजेदेखि ७ः३० बजेसम्म सञ्चालन हुने कार्यक्रम क्लबका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारणसमेत गरिनेछ ।
शेख हसिनाको करिब १६ वर्ष लामो शासन समाप्त भएको दोस्रो वर्षको सन्दर्भमा यो कार्यक्रम आयोजना गरिएको हो । सन् २०२४ अगस्ट ५ मा आरक्षण प्रणालीविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन देशव्यापी सरकारविरोधी आन्दोलनमा परिणत भएपछि हिंसा चर्किएको थियो। त्यसक्रममा प्रदर्शनकारीले सरकारी संरचनामा कब्जा जमाउन थालेपछि शेख हसिना बंगलादेश छाडेर भारत पुगेकी थिइन् ।
कार्यक्रममा उनका छोरा तथा पूर्व सूचना–प्रविधि सल्लाहकार सजिब वाजेद जोय सहित बंगलादेशका विभिन्न राजनीतिक नेता, पूर्वमन्त्री, कूटनीतिज्ञ, मानवअधिकारकर्मी र विश्लेषकहरूको पनि सहभागिता रहने बताइएको छ ।
शेख हसिना सत्ताबाट बाहिरिएपछि बंगलादेशको राजनीतिक परिदृश्यमा उल्लेखनीय परिवर्तन आएको छ । मुहम्मद युनुस को नेतृत्वमा बनेको अन्तरिम सरकारले आम निर्वाचनसम्म शासन सञ्चालन गरेको थियो । त्यसपछि सम्पन्न निर्वाचनपछि बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को नेतृत्वमा नयाँ सरकार गठन भएको छ भने तारिक रहमान प्रधानमन्त्री बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






