काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटि स्पा बीच छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पाका विभिन्न सेवामा छुट पाउने छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारीेलाई व्यक्तिगत स्पामा २५ प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत तथा यस बैंकमा खाता खोलेका ग्राहकका लागि व्यक्तिगत स्पामा २० प्रतिशत र व्यक्तिगत ब्युटी सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध हुनेछ ।
यस सम्बन्धि सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका बरिष्ठ नायव महाप्रवन्धक अपूर्व प्रसाद जोशी र ट्रांक्यूलिटि प्रालिका लर्निङ एन्ड डेभलपमेन्ट म्यानेजर निर्मला भोछिभोयाले हस्ताक्षर गर्नुभएको छ । यो सम्झौता २०८३ साउनदेखि दुई बर्षका लागि लागू हुने छ । यस सम्झौताबाट सांग्रिला डेभलपमेन्ट बैकका कर्मचारी तथा ग्राहक महानुभावलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैंक, आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






