काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
सरकार र पार्टीबीच पछिल्लो समय बढ्दो संशय र तिक्तताबीच आइतबार साँझ भएको भेटवार्तामा उनीहरूबीच करिब ४५ मिनेट कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री शाहलाई भेट्न सभापति लामिछाने साँझ बालुवाटार पुगेका थिए ।
भेटमा सरकार सञ्चालनमा पार्टीको भूमिका मुख्य विषय रहेको बताइएको छ । त्यसैगरी लामिछानेको आसन्न भारत भ्रमण तथा प्रधानमन्त्री शाहले गर्ने भनिएको भारत भ्रमणका विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।
यस्तै, राजदूत छनोट, केही उच्च तहका नियुक्ति तथा सरकारका मन्त्रीहरूको कार्यप्रगति बारे पनि उनीहरूबीच छलफल भएको बताइएको छ ।
उच्च स्रोतका अनुसार पछिल्लो समय सरकार र सत्तारुढ दलबीच देखिएको असमझदारीका बीच भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






