काठमाडौं । प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै विपक्षी दलका सांसदहरूले त्यसलाई संसद्को रेकर्डबाट हटाउन र प्रधानमन्त्री स्वयंले सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग दोहोर्याएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस सांसद रेनुका काउचालाई बोल्ने समय दिएका थिए ।
काउचाले आफूहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीबाट अझै स्पष्ट जवाफ नआएको भन्दै आपत्ति जनाइन् । प्रतिपक्षले प्रश्न सोध्नु र सरकारलाई सचेत गराउनु घेराबन्दी वा अपमान नभएको उनको भनाइ थियो ।
मुलुकको हितमा सरकारले चाल्ने सही कदममा प्रतिपक्षको साथ रहने बताउँदै उनले संविधान, लोकतान्त्रिक मूल्य–मान्यता, विधि, प्रक्रिया तथा संसदीय मर्यादा कमजोर पार्ने काममा प्रतिपक्ष मौन बस्न नसक्ने स्पष्ट पारिन् । उनले सभामुखमार्फत प्रधानमन्त्रीलाई रुलिङ गरी सदनमा उपस्थित गराएर जवाफ दिन लगाउन माग गरिन् ।
त्यस्तै, एमाले सांसद नीता घतानीले सत्ता पक्षका सांसदहरूलाई गलत अभिव्यक्तिको बचाउ गर्नुभन्दा नेपालको भूगोल र सार्वभौमसत्ताको पक्षमा उभिन आग्रह गरिन् । सत्ता, सरकार र पद अस्थायी भए पनि नेपाल स्थायी रहने उनको भनाइ थियो ।
सांसद घतानीले प्रतिपक्ष सदन अवरुद्ध गर्ने पक्षमा नरहेको भन्दै जनताका समस्या उठाएर जिम्मेवार रूपमा संसद् सञ्चालन गर्न आफूहरू चाहेको बताइन् ।
अन्य विपक्षी दलका सांसदहरूले पनि नेपालले भारतको सीमा मिचेको थियो भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन

ट्रेन्डिङ
खबरमुकाम







