काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ । मेहताका अभिभावक र गृहमन्त्री सुधन गुरुङबीच भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने भएको हो ।
सहमतिका मुख्य बुँदा यस्ता छन्ः
साउन १० गते राति देवानगञ्ज–३ मा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार तत्काल कारबाही अघि बढाउने ।
देवानगञ्ज–३ स्थित मदरसा तथा त्यससँग सम्बन्धित विषयको कानुनी हैसियतबारे आवश्यक छानबिन तत्काल सुरु गर्ने ।
मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन आवश्यक पहल गर्ने ।
घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनमा उल्लेखित सुझाव तथा सिफारिसलाई प्रचलित कानुनअनुसार कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने ।
मृतकको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत देवानगञ्ज–३, सुनसरी लैजाने व्यवस्था गरी दाहसंस्कारको प्रबन्ध गर्ने ।
घटनामा मृत्यु भएका तीनै जनाको सम्झनामा स्थानीय सरकारसँग समन्वय गरी यसै वर्ष बजेट विनियोजन गरेर स्मृति पार्क निर्माण गर्ने ।
मृतक रवीन्द्रकुमार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन

ट्रेन्डिङ
खबरमुकाम







