काठमाडौं । राइडरहरूले उठाउँदै आएका विभिन्न माग सम्बोधनका लागि सम्बन्धित पक्षबीच औपचारिक वार्ता अघि बढाउने सहमति भएको छ ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको उपस्थितिमा राइडरका मागका विषयमा छलफल भएको हो। स्वतन्त्र चालक फाउन्डेसन नेपालमार्फत प्राप्त मागपत्रमा उल्लेखित सम्पूर्ण विषयलाई गम्भीरतापूर्वक लिँदै न्यायोचित रूपमा सम्बोधन गर्ने विषयमा सरोकारवाला पक्षबीच आन्तरिक छलफलसमेत गरिएको जनाइएको छ ।
समस्याको दिगो समाधानका लागि पूर्वाधार विकास मन्त्रालय, स्वतन्त्र चालक फाउन्डेसन नेपाल, आईओई पुल्चोक, विभिन्न राइड सेयरिङ कम्पनीलगायत सम्बन्धित सबै पक्षसँग समन्वय गरी वार्तामार्फत यथाशीघ्र निकास खोज्ने तयारी भइरहेको छ ।
आपसी संवाद र वार्तामार्फत समस्याको समाधान खोज्ने प्रक्रिया अघि बढेकाले तत्कालका लागि सडकमा जारी आन्दोलनका कार्यक्रम स्थगित गर्न राइडरहरूलाई आग्रह गरिएको छ ।
निर्देशक रिता पोखरेलले राइडरहरूलाई धैर्य र संयम कायम राख्दै वार्ताको प्रक्रियालाई सहयोग गर्न अपिल गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






