काठमाडौं । मुक्तिनाथ विकास बैंकले नाइमा एक्सपो २०२६ लाई लक्षित गर्दै ग्राहकहरूका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले यस योजनाअन्तर्गत बेस रेट + ० प्रतिशत को विशेष ब्याजदरमा अटो लोन उपलब्ध गराउने घोषणा गरेको हो ।
यस योजनाअन्तर्गत हाल बैंकको अटो लोनको ब्याजदर ५.५७ प्रतिशत कायम गरिएको छ । नाइमा एक्सपो २०२६ को अवसरलाई लक्षित गरी ल्याइएको यो विशेष ब्याजदर योजना भदौ मसान्त २०८३ सम्म लागू हुनेछ। उक्त अवधि समाप्त भएपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।
ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजातहरू पूरा भएको अवस्थामा बैंकले २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरेको छ । यसले ग्राहकलाई आफ्नो रोजाइको सवारी साधन खरिद गर्न सहज, छिटो र सरल कर्जा सुविधा प्राप्त गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ । नाइमा एक्सपो २०२६ मा सहभागी हुने तथा नयाँ सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले यस विशेष योजनाबाट लाभ लिन सक्नेछन् ।
मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता र बदलिँदो बजार परिवेशअनुरूप सरल, सहज तथा प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । यस विशेष अटो लोन योजनाले नयाँ सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई थप सुविधा र अवसर प्रदान गर्ने बैंकको अपेक्षा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन

ट्रेन्डिङ
खबरमुकाम






