काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक बोलाएका छन् । रास्वपाका केही सांसदको भाषा तथा संसद् र संसदीय समितिमा प्रस्तुत हुने मर्यादामाथि प्रश्न उठेपछि सभापति लामिछानेले बैठक बोलाएका हुन् ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा संसद् तथा समितिमा प्रयोग भएको भाषा र सांसदहरूको गतिविधिबारे उठेका प्रश्नका विषयमा छलफल हुने र सम्बन्धित सांसदहरूलाई आवश्यक निर्देशन दिइने रास्वपा स्रोतले जनाएको छ ।
पछिल्लो समय रास्वपाका केही सांसदले नै सरकारविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिन थालेपछि सभापति लामिछानेले मन्त्रीहरूलाई समेत बैठकमा बोलाएका छन् ।
आफ्नै पार्टीका सांसदहरूले सरकारको आलोचना गर्नुको कारणबारे पनि बैठकमा छलफल हुने स्रोतले जानकारी दिएको छ । बैठकमा सांसदहरूको भूमिका, पार्टीको सरकारमा सहभागिता तथा सरकारका कामकारबाहीबारे पार्टीभित्र देखिएको असन्तुष्टिका विषयमा समेत छलफल हुन सक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन

ट्रेन्डिङ
तुलसी बाँस्कोटा






