काठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । भक्तपुरस्थित निवासमा नजरबन्दमा परेका प्रसाईले बन्दी प्रत्यक्षीकरण मुद्दा दायर गरेका हुन।
अधिबक्ता सुरेन्द्र पौडेलले प्रसाईको पक्षवाट मुद्दा दायर गरेका हुन् । सो मुद्दाको आईतवार सुनवाई हुनेछ।
प्रसाईंको अगुवाइमा बिहीबार काठमाडौंको बल्खुमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शनका क्रममा उनका समर्थकहरुले पटक–पटक प्रहरीसँग झडप गरेका थिए । स्थिति नियन्त्रणभन्दा बाहिर जाने देखेपछि सुरक्षाकर्मीहरुले टियर ग्यास र पानीको फोहरा हानेर भीडलाई तितरबितर पारेको थियो ।
प्रसाईंले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए भने यो व्यवस्था नढालेसम्म प्रदर्शन जारी रहने उनको भनाइ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





