धादिङ । त्रिशूली नदीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) फोडेर रकम निकाल्ने कार्यमा संलग्न भएको आरोपमा २९ जना पक्राउ परेका छन् । रसुवा तथा माथिल्लो तटीय क्षेत्रमा आएको बाढीले बगाएर ल्याएको सेफ फोडी गैरकानुनी रूपमा रकम निकाल्ने क्रममा उनीहरूलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोज तथा गस्तीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार पक्राउ परेका सबै २९ जनालाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
बाढी तथा विपद्को मौका छोपी सरकारी, व्यापारिक तथा निजी सम्पत्तिमा तोडफोड, चोरी तथा लुटपाट गर्ने गतिविधिविरुद्ध सुरक्षा निकायले निगरानी र गस्ती बढाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम




