काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
सो क्रममा भूकम्पपछि पुनर्निर्माण गरिएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको प्रधानमन्त्रीले ओलीलाई अवलोकन गराएका थिए । उनीहरुले हालै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरबारको पश्चिमतर्फको भवन अवलोकन गरेका हुन् ।
२०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






