काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनाको अवधिमा नेपालमा १७२ वटा नयाँ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार साउन देखि मंसिर सम्म उक्त संख्यामा उद्योग दर्ता भएको देखिएको छ । यी उद्योगले प्रस्ताव गरेको लगानीको आकार झण्डै १ खर्ब रुपैयाँ हुन आउने विभागको तथ्यांकमा उल्लेख छ ।
विभागका अनुसार यो वर्ष विभागमा दर्ता भएका यी उद्योगमध्ये २१ वटा ठूला उद्योग रहेका छन् ।
मझौला उद्योगको संख्या १४ रहेको छ । साना उद्योगको संख्या भने १३७ वटा रहेको विभागले जनाएको छ । १७२ उद्योगले कुल ९४ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्ने गरी उद्योग दर्ता गरेको विभागको तथ्यांकमा उल्लेख छ ।
विभागले यस वर्ष ८० ठूला, ८५ मझौला र २ सय साना उद्योग दर्ता हुने अनुमान गरेको थियो ।
यसमध्ये साना उद्योग दर्ता उत्साहजनक पाइएको छ । मंसिरसम्म दर्ता भएका उद्योगले १२ हजार ७६७ जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन् । मंसिर महिनामा मात्र ३ अर्ब ४३ करोड रुपैयाँ बराबर लगानी गर्ने गरी उद्योग दर्दा भएका छन् । यस महिनामा कुल ३१ उद्योग दर्ता भएकोमा ठूलो र मझौला आकारका उद्योग एक/एक छन् । अरु साना उद्योग छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





