काठमाडौं । छ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति कस्तो रह्यो भन्ने विषयमा नेपाल राष्ट्र बैंकले आज तथ्याङ्क सार्वजनिक गरेको छ ।
वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्गमा आधारित मुद्रास्फीति ५.२६ प्रतिशत रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । आयात ३.१ प्रतिशत, निर्यात ७२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको छ ।
त्यस्तै विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २५.३ प्रतिशतले र अमेरिकी डलरमा २२.६ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति २७३ अर्ब ५२ करोडले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति १८१६ अर्ब ५७ करोड र अमेरिकी डलरमा १३ अर्ब ६९ करोड रहेको छ ।
नेपाल सरकारको खर्च रु ५६६ अर्ब ६२ करोड र राजस्व परिचालन रु। ४९६ अर्ब ५० करोड रहेको छ । विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- फिफा विश्वकपः इरान र न्युजिल्यान्डबीच रोमाञ्चक बराबरी
- प्रतिनिधिसभाको बैठक आज पनि, मन्त्रालयगत बजेटको छलफललाई निरन्तरता दिइने
- हाजिरी जमानीमा छुटे सेफ सन्तोष साह
- आजको मौसमः केही प्रदेशमा वर्षा, तराईका क्षेत्रमा गर्मी बढ्ने
- संसद्को दुवै सदनको बैठक आज, बजेटमाथि मन्त्रालयगत छलफल सुरु हुने
- आज सातै प्रदेशको बजेट सार्वजनिक हुँदै, खर्च क्षमता सुधार्ने चुनौती कायमै
- अन्तिम मिनेटको गोलमा आइभरीकोस्टको शानदार जित
- अमेरिका–इरानबीच युद्ध अन्त्य गर्ने सहमति



ट्रेन्डिङ
खबरमुकाम





