काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण पेश गर्ने अन्तिम मिति असार मसान्तसम्म विस्तार गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विवरण बुझाउनुपर्ने केही व्यक्तिहरू विदेशमा रहेका तथा आवश्यक कागजात संकलन गर्न समय अपुग भएको जानकारी आएपछि समयसीमा थप गरिएको हो ।
यसअघि आयोगले जेठ १ गते सूचना जारी गर्दै पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका पदाधिकारीलाई जेठ मसान्तभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको थियो ।
तर निर्धारित समयसीमा समाप्त हुन केही दिन मात्र बाँकी रहँदा अपेक्षाकृत कम संख्यामा विवरण प्राप्त भएको आयोगले जनाएको छ । हालसम्म करिब ३ हजार ५०० जनाले मात्र आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् ।
आयोगका प्रवक्ता गणेश केसीले विवरण बुझाउन आउनेहरूको संख्या बढ्दै गएको र प्रक्रियालाई सहज बनाउन अन्तिम अवसरस्वरूप म्याद थपिएको बताए । साथै, हालसम्म प्राप्त विवरणहरूको अध्ययन तथा प्रारम्भिक छानबिनको काम पनि छिट्टै सुरु गरिने उनले जानकारी दिए ।
आयोगले सम्बन्धित सबैलाई नयाँ समयसीमाभित्र सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- जनकपुरधाममा सद्भाव र्याली, ‘हामी सबै एक हौँ’ भन्दै नाराबाजी
- ब्रड पिक हिमपहिरोः अमेरिकी पर्वतारोही म्यालोरी गाइसको शव भेटियो, सात जना अझै बेपत्ता
- गणेश यादवका परिवारसँग सरकारको आठबुँदे सहमति
- आज पनि देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
- राष्ट्रपति पौडेलद्वारा प्रथम राष्ट्रपति र उपराष्ट्रपतिसँग छलफल
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी

ट्रेन्डिङ
खबरमुकाम







