काठमाडौँ । रङ्गकर्मी भीष्म जोशीले नयाँ म्युजिक भिडियो ‘समय र उमेर’ सार्वजनिक गरेका छन् ।
विद्यालय उमेरको प्रेमभाव र बाल्यकालीन स्मृतिका बिम्बहरूलाई सङ्ग्रहित गरी जोशीले नयाँ साङ्गीतिक कोशेलीका रूपमा गीतको भिडियो सार्वजनिक गरेका छन् ।
सुविन सेन्चुरी र समीक्षा दाहालको स्वरमा रहेको गीतमा भीष्म जोशीका शब्द तथा सविन सेन्चुरीकै सङ्गीत रहेको छ ।
गीतको भिडियोमा रङ्गकर्मी जोशीसहित रिस्ता बस्नेत, नेहा शाही, रवीन्द्र थापा लगायतको अभिनय देख्न सकिन्छ ।
सुजय गौतमको छायाङ्कन तथा हेमन्त अधिकारीको ‘आर्ट डिरेक्सन’ रहेको गीतको भिडियोलाई रङ्गकर्मी जोशी स्वयंले निर्देशन गरेका हुन् ।जेसन लोप्चनको सम्पादन, धिरज अधिकारीको रंग संयोजन तथा साउन्ड डिजाइन रहेको गीतको भिडियो आर्ट घर यु–ट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





