काठमाडौँ । तिहारमा फूल माला र पालासँगै कुचाको माग पनि अत्यधिक हुने गर्दछ । नेपालका मुख्य सहरहरूमा कुचोको माग यति बेला अत्यधिक नै हुन्छ । कुचो व्यवसायीहरूलाई आपूर्ति धान्न गाह्रो हुन्छ ।
लक्ष्मीको प्रिय वस्तुका रूपमा कुचोलाई लिइन्छ । काठमाडौँलगायत सहरमा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुन्छ । तिहार नेपालीहरूको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइ मसला, माटोको पाला, फूल माला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ । एक बर्षलाई घरमा आवश्यक पर्ने कुचो प्राय धेरैले तिहारमा यामपंचकको अघिल्लो दिन किन्छन् । यसले पनि बजारमा कुचोको माग अत्याधिक बढेको हो ।
अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरू बताउँछन् । कुचोमा पनि झाडु र अम्रिसोको कुचो हुन्छ । अम्रिसोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो सङ्घका अध्यक्ष राजकुमार कार्की बताए । यतिसम्म कि भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ । यो वर्ष १ अर्बभन्दा माथि अम्रिसोको कुचो भारत निर्यात गरिएको छ ।
किसानको असार १५ झैँ तिहारमा कुचो व्यवसायीहरूलाई कुचोको चटारो छ । माघ, फागुनमा जम्मा पारेका कुचोहरू बनाउने र बेच्ने काममा भ्याइन भ्याइ छ । तिहारमा कुचोको पूजा गर्ने कारणले पनि माग धेरै हुने गरेको उनि बताउछन् । कुचोलाई आफ्नो जीवनपद्धतिका रूपमा लिनुपर्ने कार्की बताउछन् ।
‘अहिले विशेष गरेर हामी कुचो व्यवसायीहरूको लागि यतिखेर किसानको असार १५ जस्तै हो ।’ उनले भने, ‘हामीले माघ, फागुनमा जम्मा पारेका कुचोहरूलाई हाम्रो नेपाली सनातनी परम्पराअनुसार लक्ष्मी पूजामा यसको पनि विशेष पूजा हुने भएकाले अरू समयको तुलनामा दीपावलीको समयमा धेरै नै कुचोको माग हुन्छ । कुचो हाम्रो जीवनपद्धति हो भन्ने सम्झिनुपर्छ ।’
काठमाडौँमा काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुलीलगायतका पहाडी जिल्लाहरूबाट कुचो आउने गरेको उनले बताए । उनले कुचोको मूल्य निर्धारण भारतीय बजारबाट नै हुने गरेको पनि उनि बताउँछन् । भारतको आसाममा कुचोको ठुलो बजार भएकाले भारतको मागअनुसार कुचोको मूल्य त्यहीँ तय हुने उनको भनाइ छ । ४० रुपियाँ प्रति गोटाबाट साढे तीन सयसम्मको कुचो विक्री गर्ने गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






