साहारा लिम्बू
पाथीभरा क्षेत्र विकास समितिले तीर्थयात्री तथा पर्यटकको बसाइ लम्ब्याउन पदमार्ग निर्माण गरेको छ । समितिले फुङलिङ नगरपालिका –१० स्थित फुरुम्बुको गुन्द्रेडाँडामा ‘युमा माङहिम मुन्धुम स्थल पदमार्ग’ निर्माण गरेको हो ।
वार्षिक लाखौँको सङ्ख्यामा पाथीभरा दर्शनका लागि आउने दर्शनार्थीलाई जिल्लामा केही दिनसम्म लम्ब्याउन समितिले विभिन्न स्थानमा पर्यटकीय पार्कको निर्माण सुरु गरेको छ । जसअन्तर्गत करिब २० लाख रुपियाँको लागतमा गुन्द्रेडाँडामा पदमार्ग निर्माण सम्पन्न गरिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
उनका अनुसार १ मिटर २० सेन्टिमिटर चौडाइ रहेको करिब ७ सय मिटर लम्बाइको पदमार्ग निर्माण गरिएको छ । स्थानीय क्षेत्रमा पाइने ढुङ्गाको प्रयोग गरेर सोलिङ लगाइ उपभोक्ता समितिमार्फत पदमार्ग बनाइएको छ । कुल लम्बाइको करिब २ सय १० मिटरको क्षेत्रमा ढलान गरिएको छ ।
पाथीभरा मन्दिरबाट सङ्कलन भएको भेटीमार्फत तीर्थयात्री अड्याउन तथा सङ्ख्या वृद्धि गर्न यो पदमार्ग तथा पार्कको निर्माण गरिएको समितिले जनाएको छ । समितिका अनुसार नवनिर्मित पार्कमा फुङलिङ नगरपालिकाको साझेदारीमा लिम्बू संस्कृति झल्काउने बिभिन्न प्रतिमा तथा शालिक निर्माण गर्ने तयारी भइरहेको छ ।
लिम्बू जातिको झाँकी नाच प्रदर्शन गरिरहेको लगायतका अन्य पहिचान झल्काउने प्रतिमाको स्थापना गर्ने योजना रहेको कार्यकारी निर्देशक हाङबाङले बताए । डाँडामा रहने यस पार्कबाट ताप्लेजुङसहित छिमेकी जिल्ला पाँचथर, तेह्रथुम, इलामलगायतको क्षेत्रको दृश्य अवलोकन गर्न सकिनेछ ।
हाल तीर्थयात्री दर्शन गर्नेबित्तिकै गृहजिल्ला फर्कने गरेका छन् । समितिले अगाडि बढाएका यस्ता योजनाहरू सम्पन्न भएपश्चात भक्तजन ती क्षेत्रमा अडिन्छन् । जसले जिल्लाको अर्थतन्त्रमा वृद्धि हुने समितिको विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





