काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (NCICK) ले “नेपाली बजारको डिजिटलीकरणमार्फत नेपालको आर्थिक रूपान्तरण” भन्ने अभियान अन्तर्गत दोस्रो “NCICK डिजिटल एक्सपो नेपाल २०२५” को उद्घाटन कार्यक्रम यही आउँदो असार २० गते गर्दै डिजिटल व्यापार मेला कार्यक्रमको शुभारम्भ हुन गइरहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) सँग आबद्ध रही यस संघले निजी क्षेत्रको समग्र विकासका लागि विभिन्न पहल र कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ । यही सिलसिलामा आयोजना गर्न लागिएको डिजिटल एक्सपो नेपालको आर्थिक, व्यापारिक तथा औद्योगिक समृद्धिका लागि यो कार्यक्रम एक महत्वपूर्ण कदम हुनेछ ।
दोश्रो NCICK डिजिटल एक्सपो नेपाल २०२५ ले नेपाली स्थानीय बजार , स्वदेशी उत्पादन र अन्तर्राष्ट्रिय उत्पादनहरूलाई मेलामा सहभागी गराउने लक्ष्य लिएको छ । ठूला , स्वदेशी उद्योगका उत्पादन, प्रचार , प्रसार र व्यापार प्रवद्र्धनका साथै यस डिजिटल व्यापार मेलाले आधुनिक संचार प्रविधिमा सिमित पहुँच भएका साना तथा मझौला उद्यमी (SMEs) हरु र साना तथा लघु उद्यमीहरुलाई डिजिटल बजार संग जोड्दै क्ःभ्क को सशक्तिकरण गर्ने समेत लक्ष्य लिएको छ । डिजिटल प्रविधियुक्त यो एक्सपोमा प्रदर्शक, आगन्तुक र आयोजकका लागि विशेष डिजिटल सुविधा सहित 3D Stall Navigation'' को प्रयोग गरिनेछ , जसले संसारभर बाट मेलाको अवलोकन गर्न सकिने अत्याधुनिक अनुभव प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






