काठमाडौं । नेपाल भ्रमणमा आज आएको मलेसिया नेपाल बिजनेश काउन्सिलले ब्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स एनसीसीसंग छलफल गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेश काउन्सिलको प्रतिनिधीमण्डलबीच दुई मुलुकबीचको आर्थिक सम्वन्ध, रोजगारी अभिवृद्धि, थप लगानी विस्तार लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो । मलेसिया नेपाल बिजनेश काउन्सिलका अध्यक्ष प्रदिप कुमार कुकरेजा सहितको टोलीले नेपाल भ्रमणका क्रममा चेम्बर पदाधिकारीसमक्ष दुईपक्षीय लगानी तथा व्यापार साझेदारीबारे प्रस्ताव राखेका थिए । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र मलेशियाबीचको कुटनीतिक सम्वन्ध ६५ वर्ष भन्दा पुरानो रहेको स्मरण गर्दै व्यापार, लगानी अभिवृद्धि तथा रोजगारीको दृष्टिकोणले समेत उत्कृष्ट रहेको बताए ।
नेपालबाट मलेसियामा ५ लाख भन्दा बढी युवाहरुले रोजगारी पाईरहेको र दुई मलुकबीच सवैभन्दा धेरै हवाई सम्पर्क विस्तार भईरहेको अध्यक्ष अग्रवालले बताए । नेपाली युवा जनशक्तिले दुवै देशको अर्थतन्त्रमा महत्वपुर्ण योगदान गरेको अध्यक्ष अग्रवालले बताए यद्यपी मलेसियासंग नेपालको व्यापारघाटा उच्च रहेकाले यसलाई घटाउनका लागि व्यापार सहजीकरण गर्नुपर्नेमा उनले जाेड दिए । अध्यक्ष अग्रवालले नेपालको ऊर्जा, उत्पादनमुलक उद्योग, कृषि, पर्यटन, खानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न मलेसियाका उद्यमी व्यवसायीलाई आग्रह गर्नुभयो । नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको भन्दै अध्यक्ष अग्रवालले व्यापार घाटा न्यूनिकरणका लागि नेपाली बस्तुहरुको आयात वृद्धि गर्न आग्रह गरे।
चेम्बर पदाधिकारीहरुसंगको भेटमा मलेसिया नेपाल बिजनेश काउन्सिलका अध्यक्ष प्रदिप कुमार कुकरेजाले नेपालको पर्यटकीय क्षेत्रले आफुलाई आर्कषित गरेको बताए । उनले नेपालमा लगानीको सम्भावना देखेर नै आफुहरु आएको र व्यवसायिक वातावरण बनाउनका लागि चेम्बरसंग सहकार्य गर्न लागेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






