फुङ्लिङ। प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पछिल्लो १० महिनामा सङ्कलित ३६ क्विन्टल सिक्का गणनाको कार्य सुरु भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीले भेटी सङ्कलन गरी गणनाको कार्य सुरु गरेका हुन् ।
अबिर लगायतका फोहोर लागेको सिक्कालाई उपकरणको सहायताले धोएर गणना गरी घाममा सुकाएर गणना गर्ने गरेका छन् । घाम लागेको दिनमा करिब एक क्विन्टल सिक्का गणना हुने समितिले जनाएको छ ।
यहाँ नेपाली सिक्का मात्र नभएर भारतलगायतका अन्य मुलुकका सिक्कासमेत दर्शनार्थीले चढाउने गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८० र ०८१ मा करिब १५ लाख रुपियाँभन्दा बढीको सिक्का मात्र पाथीभरामा सङ्कलन भएको थियो ।
भेटी गणनाका लागि ८ जना कर्मचारी समितिले परिचालन गरेको छ । हरेक दिन पाथीभरा मन्दिरबाट कर्मचारीले भेटी सङ्कलन गरी माथिल्लो फेदीमा भण्डारण गर्ने गरेका छन् । नगद भेटी गणनाको कार्य सम्पन्न हुनासाथ सिक्का गणनाको कार्य थालनी गरेको हो ।
यहाँबाट सिक्का गणना गरी विभिन्न बैंक तथा जिल्ला बाहिरका ठुल्ठुला डिपार्टमेन्टहरुमा सटही गरिँदै आएको समितिको भनाइ छ । भारतलगायतका मुलुकका सिक्का तथा नोट सटहीमा भने समितिलाई सकस परिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





