पोखरा र बन्दीपुरबिच पर्यटक प्रवर्धनका लागि हातेमालो

तनहुँ । पर्यटकीय राजधानी पोखरा र पहाडकी रानी उपनाम चिनिएको तनहुँमा रहेको बन्दीपुरबीच एकअर्काको पर्यटन प्रवर्धनका लागि हातेमालो गरिएको छ । वर्ष- २०२५ घोषणासहित आफ्ना विभिन्न पर्यटकीय गतिविधि बढाइरहेको दुवै पालिका र पर्यटन व्यवसायीबिच हातेमालो गरिएको हो ।

पर्यटन सहकार्यलाई मजबुत बनाउने सम्बन्धमा मङ्गलबार बन्दीपुरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बन्दीपुर भ्रमण- २०२५ र पोखरा भ्रमण वर्ष- २०२५ सफल पार्न टुर प्याकेजमा एक ठाउँमा आएका पर्यटकलाई अर्को ठाउँमा पुर्‍याउन सहकार्य गर्न सहमत भएका छन् । पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराई र बन्दीपुर भ्रमण वर्षका संयोजक बैस नेतृत्वको टोलीले पोखरा र बन्दीपुरबिचको पर्यटकीय साझेदारीका सम्भावनाका सम्बन्धमा छलफल गरिएको हो ।

बन्दीपुर गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले पोखरासँगको पर्यटकीय साझेदारीले बन्दीपुरमा थप पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो पोखरा आउने पर्यटकलाई बन्दीपुर भित्र्याउन र यहाँ आएका पर्यटकलाई पोखरामा पठाएर बसाई लम्ब्याउन हातेमालो गरिएको बन्दीपुर भ्रमण वर्षका संयोजक गुरुङले बताइन् । एकापसका गन्तव्यको पर्यटकीय साझेदारीका लागि अगुवाइ पोखराले लिनुपर्ने बताउँदै सामूहिक प्रयासले हामी सबैलाई फाइदा पुग्ने उनको भनाइ थियो ।

पोखरा भ्रमण वर्ष कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले एकापसमा गरिने सहकार्यले दिगो पर्यटन विकासलाई महत्त्वपूर्ण सहयोग पुर्‍याउँने हुँदा बन्दीपुरमा अन्तरक्रिया गरिएको बताए। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले एकापसको पर्यटकीय सहकार्यले दुवै गन्तव्य लाभान्वित हुने बताए ।

पोखरा भ्रमण वर्ष–२०२५ कार्यसम्पादन समितिका सदस्यसचिव एवम् महानगरपालिका आर्थिक विकास महाशाखाप्रमुख मनहर कडरियाले पोखरा पर्यटन राजधानी घोषणा भएसँगै विकास साझेदार संस्थाहरू पनि लगानीका लागि इच्छुक भएको बताए।

                                                                                                      अमरराज नहर्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै