जनकपुरधाम । जनकपुरधाममा आगामी कात्तिक २७ देखि ३० गतेसम्म पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०२५ आयोजना हुने भएको छ । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले घरेलु, साना तथा मझौला उद्योगहरूको प्रवर्धन गर्ने उद्देश्यले यो प्रदर्शनी आयोजना हुन लागेको हो ।
उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कुशवाहाले चार दिनसम्म चल्ने यस कार्यक्रममा घरेलु तथा साना उद्योगहरूको स्थापनाका लागि आवश्यक अत्याधुनिक उपकरण, मेसिनरी सामग्री र उत्पादनहरूको प्रदर्शनी गरिने बताए । उनले प्रदर्शनीमा उद्योग सञ्चालन, व्यवस्थापन, वित्तीय जानकारी तथा बजार विस्तारसम्बन्धी विशेष तालिम र परामर्श पनि दिइने जानकारी दिए । उनले भने, “यो प्रदर्शनीले स्थानीय उद्योगलाई अन्तर्राष्ट्रिय बजारमा जोड्न र नयाँ प्रविधिबारे जानकारी दिन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।”
यस प्रदर्शनीमा घरेलु, साना तथा मझौला उद्योगहरूको प्रवर्धनका लागि भारत, बङ्गलादेश, इन्डोनेसियालगायत पाँचभन्दा बढी राष्ट्रका उत्पादक संस्थाहरूको सहभागीता रहने अनुमान गरिएको गरिछ भने प्रदर्शनीको सम्पूर्ण जिम्मेवारी सिया इभेन्टसले गरिरहेको बताए ।
प्रदर्शनीमा उद्योग स्थापनाका लागि आवश्यक अत्याधुनिक उपकरण, मेसिनरी र उत्पादनहरूको प्रदर्शनी गरिने छ । यसका साथै, उद्योग सञ्चालन, व्यवस्थापन, वित्तीय जानकारी र बजार विस्तारसम्बन्धी विशेष तालिम र परामर्श सत्रहरू पनि सञ्चालन गरिने छ । प्रदेश सरकारको यो पहलले स्थानीय उद्योगीलाई नयाँ प्रविधि र वित्तीय ज्ञान प्रदान गरी उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






