काठमाडौँ महानगरपालिका–७, परिसरमा ‘योमरी पुन्ही युनिटी फेस्ट’ को आयोजना हुने भएको छ ।
काठमाडौँ लिगेसीको आयोजनामा योमरी पुन्हीका अवसरमा मित्रपार्क क्षेत्रमा योमरीको ऐतिहासिकतालाई उजागर गर्दै यसको महत्व दर्शन बुझाउन ‘योमरी पुन्ही युनिटी फेस्ट’ हुन लागेको हो ।
काठमाडौँ लिगेसीका अध्यक्ष विक्की शाहीले भन्नुभयो, “योमरी पुन्ही २०८२ को मुख्य उद्देश्य भनेकै सम्पूर्ण नेपालीलाई एकता, शान्ति र संस्कृतिको साझा उत्सवमा जोड्नु रहेको र नेवारी परम्परा र आधुनिक रमाइलोपनलाई जोडेर पुस्तादेखि पुस्तासम्म सम्बन्ध मजबुत बनाउनु हो ।
सो महोत्सवको मुख्य आकर्षणमा योमरीको विभिन्न स्वादका स्टल, नेवारी परिकार र स्थानीय खानपान, न्याखिँ बाजा र अन्य परम्परागत वाद्यवादनका धुन, सांस्कृतिक नृत्य र प्रदर्शन तथा युवाका लागि साङ्गीतिक प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






