काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन नगरी स्थगित गरिएको छ । हिजो औपचारिक रूपमा उद्घाटन गरिएको अधिवेशन मतदान प्रक्रियामा देखिएको विवादका कारण रोकिएको हो ।
निर्वाचनका लागि तयार गरिएको मतपत्रमा सदस्य पदका एक उम्मेदवारको नाम छुटेको पाइएपछि प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । त्यसपछि अधिवेशनस्थलमा विवाद चर्किँदै गएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
मतदान प्रक्रिया समयमै अघि नबढेपछि प्रतिनिधिहरू अधिवेशनस्थलबाट फर्किन थालेका थिए । अन्ततः निर्वाचन आयोगले अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
प्रदेश सभापति पदका लागि निवर्तमान सभापति अचुतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य चुनावी प्रतिस्पर्धामा थिए । अर्का आकांक्षी वदन भण्डारीले भने उम्मेदवारी फिर्ता लिएका थिए ।
केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले मतपत्रमा देखिएको त्रुटिसहित समायोजन सूचीसम्बन्धी उजुरी र विवादहरू समाधान गर्न निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोकिएको बताए । उनका अनुसार करिब चार सय जनासँग सम्बन्धित विषयहरूमा थप अध्ययन तथा व्यवस्थापकीय तयारी आवश्यक देखिएकाले अधिवेशन स्थगित गरिएको हो ।
निर्वाचन आयोगले प्राविधिक तथा व्यवस्थापकीय काम सम्पन्न भएपछि बाँकी निर्वाचन प्रक्रिया पुनः सञ्चालन गरिने जनाएको छ । नयाँ मिति र मतदानसम्बन्धी विस्तृत जानकारी मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगावै आधिकारिक रूपमा सार्वजनिक गरिने आयोगले उल्लेख गरेको छ ।
यसअघि पनि आन्तरिक विवादका कारण रास्वपाले मधेश प्रदेश अधिवेशन स्थगित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





