काठमाडौँ । नेपालको चर्चित सांगीतिक समूह १९७४ एडीले दार्जिलिङको खर्साङमा सांगीतिक प्रस्तुति दिएको छ । १९ वर्षपछि समूहले दार्जलिङमा सांगीतिक प्रस्तुति दिएको हो ।
उनीहरूले तिमीलाई पिरतीले’, ‘छुँदैन तिम्रो मायाले’, ‘हिँड्दा हिँड्दै’, ‘पिँजडाको सुँगा’, ‘पहिलो जुनीमा’, ‘परेलीमा’, ‘सम्बोधन’ लगायत चर्चित गीतहरू सुनाएका थिए ।
आफ्ना चर्चित धुनहरू ‘जंगी निशान’ र ‘आइरिस क्याफे’ पनि उनीहरूले सुनाए। खर्साङमा विगत पाँच वर्षदेखि चलिरहेको ‘पाइन ट्रि म्युजिक फेस्टिभल’ले ब्याण्डलाई प्रमुख आकर्षणको रूपमा निमन्त्रणा गरेको थियो । उक्त निमन्त्रणाले ब्याण्डलाई लगभग १९ वर्षपछि खर्साङ पुर्याएको थियो । १९७४ एडीले खर्साङमा यसअघि सन् २००४ मा सांगीतिक प्रस्तुति दिएको थियो। उनीहरूलाई १९ वर्षपछि पुनः सुन्न पाउँदा उनीहरू उत्साहित सुनिएका थिए ।
यो यात्रा आफ्ना लागि निकै भावनात्मक भएको ब्याण्डका संस्थापक तथा बेसिस्ट निराकार याकथुङ्बाले बताए। कर्साङबाट ४५ किलोमिटर टाढाको नर्थ प्वाइन्ट स्कुलमा पढ्दा पहिलोपल्ट ब्याण्ड बनाएको सम्झिँदै उनले भने, ‘नेपाली नै नबुझ्ने मेरा धेरै साथीहरू पनि कन्सर्ट हेर्न आउनुभएको रहेछ ।’
ब्याण्डका लिड भोकलिस्ट तथा गिटारिस्ट फिरोज स्याङ्देन र ड्रमर एड्रियन प्रधानले पनि खर्साङमा सँगै बजाउन पाउँदा आफ्नो पुरानो दिनहरू याद आएको बताए । खर्साङको टुर सकिएसँगै डिसेम्बर २ मा दुबई, डिसेम्बर ३ मा अबुधाबी, डिसेम्बर ९ मा पोखरा, डिसेम्बर ११ मा बिर्तामोड र डिसेम्बर १५ मा काठमाडौंमा कन्सर्ट हुने तयारी रहेको ब्याण्डको पर्कसनिस्ट तथा व्यवस्थापक सञ्जय श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






