काठमाडौँ । विवादित ठेकेदार हरिनारायण प्रसाद रौनियार एमाले प्रवेश गरेका छन् ।
रौनियारलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पर्साको पोखरियामा पार्टी प्रवेश गराएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य समेत रहेका रौनियार पप्पु कन्ट्रक्सनका मालिक हुन् । उनले विकास निर्माणका काममा लिएका कतिपय ठेक्का समयमा पुरा नगर्दा उनी विवादमा मुछिँदै आएका थिए ।
७४ सालको निर्वाचनमा रौनियार तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा) बाट पर्सा क्षेत्र नम्बर ३ को संघीय सांसदमा निर्वाचित भएका थिए । उनी निर्वाचित भएको केही समयपछि पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण निलम्बित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
- श्रम संस्कृति पार्टीले पृथ्वीका सबै श्रमिकलाई मुक्ति र न्याय दिन्छ– सुदन किराती
- मापदण्ड विपरीत सञ्चालित भक्तपुरको बाल गृहबाट ८ बालबालिकाको उद्धार
- २५ वर्षसम्म गोप्य राखिएको रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याउँदै बालेन सरकार
- कांग्रेसका असन्तुष्ट युवा नेताहरूको भेला आज, पाँच एजेन्डामा केन्द्रित छलफल हुने
- विश्वकप २०२६ मा अमेरिकाको शानदार सुरुवात
- चर्चित सेफ सन्तोष साह ठगी मुद्दामा पक्राउ
- देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, कोशीमा भारी वर्षा हुन सक्ने



ट्रेन्डिङ
खबरमुकाम






