ऋषभ शेट्टीकाे लेखन, निर्देशन तथा अभिनय रहेकाे कन्नड फिल्म 'कान्तारा' ले बक्स अफिसमा सफलता हासिल गरेको थियो । यो फिल्मले भारतमा मात्र नभई विश्वभरबाट चर्चा कमाएको थियो ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले विश्वभरबाट ४५० करोड भारू कमाइ गरेको थियो । अब ऋषभ 'कान्तारा' बनाउने तयारीमा छन् ।
यो फिल्मको प्रिक्वेललाई पर्खिरहेका छन् दर्शक । होम्बले फिल्म्सको यो फिल्म २७ नोभेम्बरबाट छायांकनमा जानेछ ।
यो फिल्मको लागि ठूलो सेट निर्माण गरिएको छ । ऋषभले केही समयअघि फिल्म निर्माण घोषणा गरेका थिए । तर कलाकारबारे जानकारी दिइएको छैन ।
दक्षिण भारतीय फिल्म 'कान्तारा' ले बक्स अफिसमा तहल्का मच्चाएको थियो । फिल्म रिलिजको डेढ महिना हुँदा समेत फिल्मले दर्शकको साथ पाइरहेको थियो । फिल्मले राम्रो कमाइ गर्नुको साथै सकारात्मक समीक्षा पाएको थियो । भारतीय समीक्षकहरूले फिल्मलाई वर्षकै उत्कृष्ट फिल्म बताएका थिए ।
'कान्तारा' ले 'केजिएफ' को रेकर्ड तोड्दै कन्नड फिल्ममा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





