अर्जुन सुवेदीले निर्देशन गरेको फिल्म 'रंगेली' को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री मिरूना मगरलाई प्रस्तुत गरिएको छ ।
फिल्ममा अभिनेत्री मिरूनाले जुनकिरी पात्रको भूमिका निर्वाह गरेकी छन् । निर्माण टिमले उनलाई जुनकिरीको रूपमा परिचित गराउँदै पोस्टर सार्वजनिक गरेका हुन् ।
फिल्मका निर्देशक सुवेदीले मिरूनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरे । सुवेदीकै लेखन रहेको फिल्ममा मिरूनासँगै दयाहाङ राई, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका छन् ।
संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन् ।
यो फिल्म अस्ट्रेलिया र अमेरिकामा प्रिमियर हुने बताइएको छ । जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईं र युएनए इन्टरटेन्मेन्ट, अमेरिकामा एक्का बास्सा इन्टरटेन्मेन्ट र लाइभ एट प्रिजेन्ट तथा अस्ट्रेलियामा हट बिट्स इभेन्टसले फिल्म रिलिज गर्दैछन् ।
यो फिल्म फागुन २५ गतेदेखि रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





