अर्जुन सुवेदीले निर्देशन गरेको फिल्म 'रंगेली' को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री मिरूना मगरलाई प्रस्तुत गरिएको छ ।
फिल्ममा अभिनेत्री मिरूनाले जुनकिरी पात्रको भूमिका निर्वाह गरेकी छन् । निर्माण टिमले उनलाई जुनकिरीको रूपमा परिचित गराउँदै पोस्टर सार्वजनिक गरेका हुन् ।
फिल्मका निर्देशक सुवेदीले मिरूनाले अहिलेसम्म अभिनय गरेको भन्दा भिन्न चरित्र निर्वाह गरेको कारण दर्शकलाई थप चासो हुने विश्वास व्यक्त गरे । सुवेदीकै लेखन रहेको फिल्ममा मिरूनासँगै दयाहाङ राई, अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ। फिल्मलाई सुशन प्रजापतिले छायांकन गरेका छन् ।
संसार चौलागाईं र रमेश भट्टराई निर्माता रहेको फिल्ममा युवक कार्की र शिव शंकर चौलागाईं सह-निर्माता छन्। फिल्मका कार्यकारी निर्माता जितेन्द्र खतिवडा र अनुजजंग थापा हुन् ।
यो फिल्म अस्ट्रेलिया र अमेरिकामा प्रिमियर हुने बताइएको छ । जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईं र युएनए इन्टरटेन्मेन्ट, अमेरिकामा एक्का बास्सा इन्टरटेन्मेन्ट र लाइभ एट प्रिजेन्ट तथा अस्ट्रेलियामा हट बिट्स इभेन्टसले फिल्म रिलिज गर्दैछन् ।
यो फिल्म फागुन २५ गतेदेखि रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






