खबरमुकाम । अभिनेता शाहरूख खान छोरी सुहाना खानसँग फिल्म खेल्ने भएका छन् । उनीहरू सुजोय घोषले निर्देशन गर्न लागेको फिल्म ‘किङ’ मा देखिन भएका हुन् । अभिनेता शाहरूखलाई उनका फ्यानले ‘किङ खान’ उपनाम दिएका थिए ।
एक्सन थ्रिलर फिल्ममा एक बुवा र छोरीको कथा देखाइने छ । भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार फिल्ममा ‘पठान’ का निर्देशक सिद्धार्थ आनन्द र शाहरूख खानको संयुक्त लगानी रहनेछ ।
तर अभिनेता शाहरूख र निर्देशक सिद्धार्थले फिल्मबारे आधिकारिक जानकारी दिएका छैनन् । रेड चिलिज इन्टरटेनमेन्ट र मारफ्लिक्स पिक्चर्स ब्यानरमा बन्ने फिल्मको छायांकन २०२४ जनावरीदेखि सुरू हुनेछ ।
शाहरूखले पहिलोपटक छोरी सुहानासँग फिल्ममा काम गर्न लागेका हुन् । यसअघि उनले छोरा आर्यनसँग फिल्म ’द लायन किङ’ मा काम गरेका थिए । यो फिल्म सन् २०१९ मा प्रदर्शन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






