खबरमुकाम । अभिनेता शाहरूख खान छोरी सुहाना खानसँग फिल्म खेल्ने भएका छन् । उनीहरू सुजोय घोषले निर्देशन गर्न लागेको फिल्म ‘किङ’ मा देखिन भएका हुन् । अभिनेता शाहरूखलाई उनका फ्यानले ‘किङ खान’ उपनाम दिएका थिए ।
एक्सन थ्रिलर फिल्ममा एक बुवा र छोरीको कथा देखाइने छ । भारतीय सञ्चारमाध्यम पिंकभिलाका अनुसार फिल्ममा ‘पठान’ का निर्देशक सिद्धार्थ आनन्द र शाहरूख खानको संयुक्त लगानी रहनेछ ।
तर अभिनेता शाहरूख र निर्देशक सिद्धार्थले फिल्मबारे आधिकारिक जानकारी दिएका छैनन् । रेड चिलिज इन्टरटेनमेन्ट र मारफ्लिक्स पिक्चर्स ब्यानरमा बन्ने फिल्मको छायांकन २०२४ जनावरीदेखि सुरू हुनेछ ।
शाहरूखले पहिलोपटक छोरी सुहानासँग फिल्ममा काम गर्न लागेका हुन् । यसअघि उनले छोरा आर्यनसँग फिल्म ’द लायन किङ’ मा काम गरेका थिए । यो फिल्म सन् २०१९ मा प्रदर्शन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





