काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी एकताको कुरा नगर्न आग्रह गरेका छन् ।
‘वामपन्थी शक्ति नमिली हुँदैन भन्ने लोकप्रिय कुरा नगर्न म साथीहरूलाई आग्रह गर्दछु’, उनले आफूले राजनीति सुरु गर्दाबाटै नेपालको वामपन्थी राजनीति विभाजित भएको बताए ।
‘एकताको माला त्यति वेलाबाटै भएको हो, तर एउटा एकता गर्दा अरू दुई वटा फुट्छ ।’ उनले एकताको कुरा मिठो सुनिए पनि त्यसका लागि धेरै कुरा मिल्न जरुरी रहेको भन्दै एमालेको नीति, सिद्धान्त, विचार र नेतृत्वलाई स्वीकार गरिए मात्रै एकता सम्भव रहेको बताए ।
‘दुईवटा अध्यक्ष राखेर एकता हुँदैन’, अध्यक्ष ओलीको भनाइ छ । उनले काँचो राजनीति कर्याप्प कर्याप्प पारेर चपाएर बसेर केही नहुने भन्दै ओलीले उद्देश्य नछोडी गरिने राजनीतिले मात्र निकास दिने बताए ।
‘व्यवहारिक राजनीति नहुने, सिद्धान्त जप्ने, उपलब्धि केही नहुने, आफू साँघुरिँदै जाने, आफ्ना विचारमा अरूलाई सहमत गराउन नसक्ने, अरूका विचारतिर लहसिँदै जाने, अरूका स्वार्थका निम्ति काम गर्ने खालका कुराहरू न वामपन्थी हुन् न केही हुन् ? सुन्दा राम्रो सुनिएला’, उनले भने, ‘राम्रो सुनिन्छ वामपन्थी एकताविना सम्भव छैन, के हो वामपन्थी एकता भनेको ? हामी एकता गर्दै त यहाँसम्म आइपुगेका छौ । ४६, ४७ वटा एकता भइसके ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





