काठमाडौँ । सामुदायिक वन उपभोक्ता समितिको हिसाब बाँडीचुँडी खाने तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं. ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई, कोषाध्यक्ष माधवप्रसाद चौलागाई विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेषमा मुद्दा दर्ता गर्दै उनीहरुविरुद्ध नौ लाख १३ हजार दुई सय ८० रुपैयाँ ९० पैसा बराबरको बिगो जरिवाना र कैद सजायको मागदावी लिएको छ ।
लामा र चौलागाईद्वयले समितिको हिसाब किताब नदेखाएको, साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको आरोप छ ।
अख्तियारको अनुसन्धानमा तीन जनाले आपसी मिलोमतोमा संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियत राखी अनियमित रुपमा रकम झिक्न लगाएर नौ लाख १३ हजार दुई सय ८० रुपैयाँ ९० पैसा हिनामिना गरेको पाइएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अुनसार तीन जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





