काठमाडौँ । सामुदायिक वन उपभोक्ता समितिको हिसाब बाँडीचुँडी खाने तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं. ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई, कोषाध्यक्ष माधवप्रसाद चौलागाई विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेषमा मुद्दा दर्ता गर्दै उनीहरुविरुद्ध नौ लाख १३ हजार दुई सय ८० रुपैयाँ ९० पैसा बराबरको बिगो जरिवाना र कैद सजायको मागदावी लिएको छ ।
लामा र चौलागाईद्वयले समितिको हिसाब किताब नदेखाएको, साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको आरोप छ ।
अख्तियारको अनुसन्धानमा तीन जनाले आपसी मिलोमतोमा संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियत राखी अनियमित रुपमा रकम झिक्न लगाएर नौ लाख १३ हजार दुई सय ८० रुपैयाँ ९० पैसा हिनामिना गरेको पाइएको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अुनसार तीन जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त
- सुनसरीका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
- नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा
- नेपाल टेलिकमले ल्यायो मनसुन अफर

ट्रेन्डिङ
खबरमुकाम







