काठमाडौं । जाजरकोट भूकम्प पीडित सुत्केरी महिला र नवजात शिशु र बालबालिकाको स्वास्थ्यमा ध्यान दिन महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) र राष्ट्रिय महिला आयोगले संयुक्तरुपमा गृह मन्त्रालय लगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् ।
विपद्को समयमा गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु र बालबालिकाहरुले पाउनुपर्ने स्वास्थ्य सेवा सुनिश्चित गर्न गृहमन्त्रालयसहित सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइएको एफडब्लुएलडी सचिवालयको तर्फबाट नवीनकुमार श्रेष्ठ र आयोगका तर्फबाट अध्यक्ष कमला पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
भूकम्पबाट बढी प्रभावित जाजरकोटमा बारेकोट र कुशे गाउँपालिका, नलगाड र भेरी नगरपालिकामा ५ वर्ष मुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् । यस्तै १३ सय ६० जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने ९ सय सुत्केरी रहेका छन् । रुकुम पश्चिममा ५ वर्ष मुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको, गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना भूकम्पबाट प्रभावित रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
उक्त ध्यानाकर्षण प्रतिनिधिसभा महिला तथा सामाजिक मामिला समिति, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली प्रदेश र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृहमन्त्रालयलाई बोधार्थ दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





