काठमाडौं । पहिलो त्रैमासिक अवधिमा सिटिजन लाइफ इन्स्योरेन्सको नाफा समीक्षा अवधिको तुलनामा बढे पनि वार्षिक प्रतिसेयर आम्दानी भने घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार तीन महिनामा खुद नाफा ७ करोड १४ लाख रुपैयाँ छ । यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.६० प्रतिशत बढी हो । गत वर्षको यसै अवधिमा कम्पनीले यस्तो नाफा ७ करोड ३ लाख रुपैयाँ आर्जन गरेको थियो।
कम्पनीले पहिलो त्रैमासमा एक अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब ८ करोड रुपैयाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
समिक्षा अवधिमा कम्पनीले जोखिमको अवस्थामा प्रयोग गरिने महाविपत्ति कोषमा १४ करोड ५० लाख रुपैयाँ राखेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ६३ पैसा रहेको कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा देखिन्छ। गत वर्षको सोहि अवधिमा कम्पनीले यस्तो आम्दानी १६ रुपैयाँ ८ पैसा रहेको थियो ।
प्रतिसेयर आम्दानी घट्नुको मुख्य कारण कम्पनीको सेयर पूँजी ४२ प्रतिशतले बढ्नु हो । गत वर्षको पहिलो त्रैमासमा कम्पनीको सेयर पूँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा अहिले बढेर ३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





