काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स ‘चौथौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’बाट सम्मानित भएको छ ।
२२ नोभेम्बर २०२३ मा इन्डियन चेम्बर अफ कमर्सले भारतको मुम्बईमा आयोजना गरेको कार्यक्रममा सूर्यज्योतिले ‘बेस्ट वुमन इन लिडरशीप’, ‘बेस्ट स्ट्राटेजी फर इन्स्योरेन्स स्प्रेडिङ्ग’, ‘बेस्ट इनोभेसन एण्ड डाईभर्सिफिकेसन’ र ‘बेस्ट लाइफ इन्स्योरेन्स’ गरी ४ वटा विधामा अवार्ड प्राप्त गरेको हो ।
उक्त कार्यक्रममा भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाइल्याण्ड लगायत अन्य देशका इन्स्योरेन्स कम्पनीहरूबाट उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लू सी, इन्डियन इन्सिटिच्यूट अफ इन्स्योरेन्स, अन्तराष्ट्रिय बीमा विज्ञहरू लगायत थुप्रै प्रतिस्ठित संस्थाहरूबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सूचाङ्कहरूमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो ।
प्राप्त चार अवार्ड

उक्त कार्यक्रममा चार वटै विधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले ग्रहण गरेका थिए ।
मर्जरको छोटो अवधिमै हरेक सूचांकहरूमा कम्पनीले उत्कृष्टता हासिल गर्दै आइरहेको छ ।
अन्तर्राष्ट्रिय स्तरको अवार्ड हासिल गर्नका लागि अहोरात्र खटिने सम्पूर्ण कर्मचारी र अभिकर्ताहरूको प्रमुख भूमिका रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा प्राधिकरणको मार्गनिर्देशन र कम्पनीको सञ्चालक समितिको हौसला तथा विश्वासका लागि कृतज्ञता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





