काठमाडौँ । दुर्गा प्रसाईंको नागरिक बचाऊ आन्दोलनमा आज न्यून संख्यामा प्रदर्शनकारी देखिएका छन् । फाट्टफुट्ट समर्थकहरू मात्रै नाराबाजी गर्दै सिफलतर्फ गइरहेका छन् ।
शुक्रवार तीनकुनेमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला प्रहरीले रोकेको थियो । आज काठमाडौंको सिफलमा प्रदर्शनको तयारी प्रसाईं समूहले गरेको थियो ।
दुर्गा प्रसाईंले तेस्रो दिनको आन्दोलन काठमाडौँको गौशाला नजिक सिफल चौरमा गर्दै छन् ।
कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् ।
कार्यक्रम स्थल आसपासको क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने अनुसन्धानका लागि प्रयोग हुने कुकुर पनि परिचालन गरिएको छ ।
सिफल आसपासको क्षेत्र गौशाला, जयबागेश्वरी, चावाहिल, कालोपुल क्षेत्रमा ठुलो सङ्ख्यामा दङ्गा नियन्त्रक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाक्लो सङ्ख्यामा परिचालन गरिएको हो ।
आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईं ठिमीबाट सिफलमा आउने तयारीमा रहेका छन् भने उनका फाट्टफुट्ट समर्थकहरू नाराबाजी गर्दै सिफलतर्फ आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





