काठमाडौ । व्यवस्था पल्टाउने उद्घोषसहित जनविद्रोहको घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईले गणतन्त्रको जग हल्लिसकेको दावी गरेका छन् । शनिवार सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईले आफूलाई म्यानमारकी नेतृ आङ सान सूचीलाई जस्तै नजरबन्द गर्न खोजिएको आरोप लगाए ।
प्रसाईले भने, ‘यिनीहरु हल्लिसकेका छन् । यो संसदीय प्रणाली मक्किसकेको छ । २६० वर्षअघि पृथ्वीनारायण शाहको जन्म भएको थियो देश एकीकरण गर्न । राजा महेन्द्रले देशलाई औद्योगिक युगमा लगिसकेका थिए । अब दुर्गा प्रसाईको उत्पति भएको छ । यो देशलाई विकास मार्गमा लैजान्छ अब । कुनै बेला यो समय मुना चियाको हो भनिन्थ्यो, अब यो समय दुर्गा प्रसाईको हो ।’
प्रसाईले राजावादी भन्नेहरु पनि दुर्गा प्रसाई लोकप्रिय भयो भनेर कोठे बैठक गरिरहेको भन्दै राजावादी होइन राष्ट्रवादी बनेर आउन अभियानमा आग्रह गरे । उनले मूलधारका पत्रकारलाई युट्युबरबाट सिक्न पनि सुझाव दिए ।
उनले पुस मसान्तभित्र देश टाट पल्टिने भन्दै काठमाडौंबासी ब्युँझिनुपर्ने बताए । उनले काठमाडौंबासी आन्दोलनमा नआएकोमा असन्तुष्टि जनाउँदै उनीहरु अझै नबुझे घरको लालपुर्जा मारवाडीको हातमा पुग्ने चेतावनी दिए ।
उनले भने, ‘काठमाडौंबासी हो, तिमीहरुलाई लाज त लाग्छ होला । कट्टु खुस्केर गइसकेको छ । लाज हातले छोपेर म त खुसी छु भन्दैछौ साथीहरु हो । अब थाहा हुन्छ, पुस मसान्तपछि काठमाडौंबासीहरु तिमीहरु बिउँझिदा तिम्रो हातमा लोटा र केही मारवाडी तस्करको हातमा तिम्रो घरको लालपुर्जा हुनेछ । तिमीहरुलाई मैले सम्झाउन खोजेँ । काठमाडौं, ललितपुर, भक्तपुर, किर्तिपुरका तपाईहरुको होस खुलोस् । ७० प्रतिशत सटर बन्द भइसके । यी घरहरु अब खाली हुन्छन्, भाडामा बस्ने मान्छे पाइने छैनन् । अब कतिदिन टिक्नुहुन्छ काठमाडौंबासी हो ? तपाईहरु बाहिर आउन ढिला गरेमा काठमाडौंमा स्याल रुने दिन आउनेछन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





