काठमाडौ । व्यवस्था पल्टाउने उद्घोषसहित जनविद्रोहको घोषणा गरेका व्यवसायी दुर्गा प्रसाईले गणतन्त्रको जग हल्लिसकेको दावी गरेका छन् । शनिवार सिफलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रसाईले आफूलाई म्यानमारकी नेतृ आङ सान सूचीलाई जस्तै नजरबन्द गर्न खोजिएको आरोप लगाए ।
प्रसाईले भने, ‘यिनीहरु हल्लिसकेका छन् । यो संसदीय प्रणाली मक्किसकेको छ । २६० वर्षअघि पृथ्वीनारायण शाहको जन्म भएको थियो देश एकीकरण गर्न । राजा महेन्द्रले देशलाई औद्योगिक युगमा लगिसकेका थिए । अब दुर्गा प्रसाईको उत्पति भएको छ । यो देशलाई विकास मार्गमा लैजान्छ अब । कुनै बेला यो समय मुना चियाको हो भनिन्थ्यो, अब यो समय दुर्गा प्रसाईको हो ।’
प्रसाईले राजावादी भन्नेहरु पनि दुर्गा प्रसाई लोकप्रिय भयो भनेर कोठे बैठक गरिरहेको भन्दै राजावादी होइन राष्ट्रवादी बनेर आउन अभियानमा आग्रह गरे । उनले मूलधारका पत्रकारलाई युट्युबरबाट सिक्न पनि सुझाव दिए ।
उनले पुस मसान्तभित्र देश टाट पल्टिने भन्दै काठमाडौंबासी ब्युँझिनुपर्ने बताए । उनले काठमाडौंबासी आन्दोलनमा नआएकोमा असन्तुष्टि जनाउँदै उनीहरु अझै नबुझे घरको लालपुर्जा मारवाडीको हातमा पुग्ने चेतावनी दिए ।
उनले भने, ‘काठमाडौंबासी हो, तिमीहरुलाई लाज त लाग्छ होला । कट्टु खुस्केर गइसकेको छ । लाज हातले छोपेर म त खुसी छु भन्दैछौ साथीहरु हो । अब थाहा हुन्छ, पुस मसान्तपछि काठमाडौंबासीहरु तिमीहरु बिउँझिदा तिम्रो हातमा लोटा र केही मारवाडी तस्करको हातमा तिम्रो घरको लालपुर्जा हुनेछ । तिमीहरुलाई मैले सम्झाउन खोजेँ । काठमाडौं, ललितपुर, भक्तपुर, किर्तिपुरका तपाईहरुको होस खुलोस् । ७० प्रतिशत सटर बन्द भइसके । यी घरहरु अब खाली हुन्छन्, भाडामा बस्ने मान्छे पाइने छैनन् । अब कतिदिन टिक्नुहुन्छ काठमाडौंबासी हो ? तपाईहरु बाहिर आउन ढिला गरेमा काठमाडौंमा स्याल रुने दिन आउनेछन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






