पाँचथर । दुई बेलायती नागरिक र एक नेपाली युवक सुदूरपश्चिमको डडेल्धुराबाट करिब १५ सय मिलोमिटर साइकल यात्रा गर्दै पूर्वी नेपालको फिदिम पुगेका छन् ।
बेलायती नागरिक मार्क मुरफि, रिर्चड विलियम र नेपाली युवा ओम अधिकारी पहाडै पहाड १५ सय किलोमिटर साइकल यात्रा गर्दै सोमबार पाँचथर सदरमुकाम फिदिम पुगेका हुन् ।
डडेल्धुराबाट फिदिम पुग्न २८ दिन लागेको साइकल यात्री ओम अधिकारीले जानकारी दिए । मध्यपहाडका जनजीवन, कृषि, संस्कृति र रहनसहनको विषयमा अध्ययन गर्दै पुस्तक लेख्नका लागि साइकल यात्रा गरेको बेलायती नागरिक मार्क मुरफिले बताए ।
‘यो यात्रापछि पहाडी जनजीवन, रहनसहन, कृषि, संस्कृति र भुगोलकाबारेमा किताब लेख्ने उद्देश्यको साथ यो यात्रा गरेका छौं’, मुरफिले भने ।
मध्यपहाडी लोकमार्ग पहाडै पहाड पूर्वबाट पश्चिम यात्रा गर्न सकिने एकमात्र सडक हो । यसमा पूर्वी पहाडी संस्कृतिदेखि पश्चिमसम्मको संस्कृतिको अध्ययन गर्न सकिन्छ ।
पूर्वदेखि पश्चिमसम्मका विभिन्न गाउँ हुँदै बनेको यो सडकले सडक सुविधामात्र नभई अन्य विकासका आयामहरू पनि खोलेको छ । कतै नयाँ शहर बनेका छन् भने अन्य विकास संचरना बनाएको छ । शहर जोड्न सजिलो र सहज भएको देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





