ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकको मद्दतमा अस्ट्रेलियाले तेस्रो टी-२० आई सिरिजमा भारतविरुद्ध ५ विकेटको रोमाञ्चक जीत हात पारेको छ ।
गएराति भएको खेलमा जितको लागि पाएको २२३ रनको विशाल लक्ष्य अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अस्ट्रेलियालाई जिताउन ग्लेन म्याक्सवेल ४८ बलमा ८ चौका र ८ छक्कासहित १०४ रन बनाउँदै अविजित रहे ।
यो ग्लेन म्याक्सवेलको टी-२० आई करिअरको चौथो शतक हो । ग्लेन म्याक्सवेलले टी२० आईमा सर्वाधिक शतकको कीर्तिमान बराबर गरेका छन् ।
उनले भारतीय रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन् । म्याक्सवेलको चारमध्ये तीन शतक भारतविरुद्ध छ ।
अस्ट्रेलिया ओपनर ट्रविस हेड १८ बलमा ८ चौकासहित ३५ रनमा आउट भए । आरोन हार्डी १६, जोश इंग्लिस १०, मार्कस स्टोइनिस १७ र टिम डेविड १७ रनमा आउट भए ।
त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । भारतका ओपनर ऋतुराज गायकवाडले ५७ बलमा १३ चौका र ७ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रधानमन्त्री शाहले भेटे गभर्नरः सेयर बजार र लगानीमैत्री नीतिमा जोड
- पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
- केहीबेरको वर्षामै काठमाडौंका मुख्य सडक डुबान, सवारी आवागमन प्रभावित
- मन्त्रिपरिषद्का सात निर्णयः मिटरब्याज पीडितसँग वार्ता गनेदेखि अरु के के ?
- यूनाइटेड अजोड इन्स्योरेन्सको ३२ औं साधारण सभा सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच समझदारी
- सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

ट्रेन्डिङ
खबरमुकाम







