ग्लेन म्याक्सवेलको विश्व कीर्तिमानी शतकको मद्दतमा अस्ट्रेलियाले तेस्रो टी-२० आई सिरिजमा भारतविरुद्ध ५ विकेटको रोमाञ्चक जीत हात पारेको छ ।
गएराति भएको खेलमा जितको लागि पाएको २२३ रनको विशाल लक्ष्य अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अस्ट्रेलियालाई जिताउन ग्लेन म्याक्सवेल ४८ बलमा ८ चौका र ८ छक्कासहित १०४ रन बनाउँदै अविजित रहे ।
यो ग्लेन म्याक्सवेलको टी-२० आई करिअरको चौथो शतक हो । ग्लेन म्याक्सवेलले टी२० आईमा सर्वाधिक शतकको कीर्तिमान बराबर गरेका छन् ।
उनले भारतीय रोहित शर्माको ४ शतकको कीर्तिमान बराबर गरेका हुन् । म्याक्सवेलको चारमध्ये तीन शतक भारतविरुद्ध छ ।
अस्ट्रेलिया ओपनर ट्रविस हेड १८ बलमा ८ चौकासहित ३५ रनमा आउट भए । आरोन हार्डी १६, जोश इंग्लिस १०, मार्कस स्टोइनिस १७ र टिम डेविड १७ रनमा आउट भए ।
त्यसअघि पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २२ रन बनाएको थियो । भारतका ओपनर ऋतुराज गायकवाडले ५७ बलमा १३ चौका र ७ छक्कासहित १ सय २३ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





