आफ्नै प्रशासनिक भवन बनाउँदै हतुवागढी गाउँपालिकाः ७ करोड ५० लाखको लागत

काठमाडौँ । भोजपुरको हतुवागढी गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ ।

प्रशासनिक भवनको बुधवार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् । 

नयाँ भवन निर्माण भएपश्चात सेवा प्रवाहमा सहज हुने अध्यक्ष राईले विश्वास व्यक्त गरे । ‘प्रशासनिक भवन नहुँदा सेवा प्रवाहमा समस्या छ,’ उनले भने, ‘नयाँ भवनको निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा थप सहजता हुनेछ ।’​

चार तले प्रशासनिक भवन भ्याटसहित ७ करोड ५० लाख ४४ हजार १ सय ३७ रुपैयाँको लागतमा निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए । 

दुई वर्षभित्र भवन निर्माण हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै