काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद मोहन आचार्य राहत सामग्रीसहित जाजरकोट तर्फ प्रस्थान गर्नु भएको छ।
केन्द्रीय सदस्य एवं संघीय सांसद इन्जिनियर मोहन आचार्य नेतृत्वको टोलीले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा राहत सामग्री वितरण गर्नुका साथै घरटहरा निर्माण गर्न स्थानीयलाई सघाउने छ।
नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी घर–टहरा बनाउन पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको थियो।
कांग्रेसले पहिलो चरणमा एक हजार अस्थायी घर–टहरा बनाउने छ। यसका लागि कांग्रेसका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूलाई परिचालन गरिने कांग्रेसले जनाएको छ।
एउटा समूहमा १० जना रहने गरी काँग्रेसले २५ समूह बनाएको छ। प्रत्येक समूहमा कम्तीमा एकजना निर्माणसम्बन्धी विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने व्यवस्था कांग्रेसले गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






