काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद मोहन आचार्य राहत सामग्रीसहित जाजरकोट तर्फ प्रस्थान गर्नु भएको छ।
केन्द्रीय सदस्य एवं संघीय सांसद इन्जिनियर मोहन आचार्य नेतृत्वको टोलीले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा राहत सामग्री वितरण गर्नुका साथै घरटहरा निर्माण गर्न स्थानीयलाई सघाउने छ।
नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी घर–टहरा बनाउन पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको थियो।
कांग्रेसले पहिलो चरणमा एक हजार अस्थायी घर–टहरा बनाउने छ। यसका लागि कांग्रेसका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूलाई परिचालन गरिने कांग्रेसले जनाएको छ।
एउटा समूहमा १० जना रहने गरी काँग्रेसले २५ समूह बनाएको छ। प्रत्येक समूहमा कम्तीमा एकजना निर्माणसम्बन्धी विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने व्यवस्था कांग्रेसले गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





