काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलका नेताहरूप्रति कटाक्ष गरेका छन् । उनले बुधवार राति सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् ।
पछिल्लो समय केही शीर्ष दलका नेताहरूले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका छन् । मेयर बालेनले यसप्रति व्यंग्य गरेका हुन् ।
उनले ‘मिसन–८४’ ले देश नबन्ने स्पष्ट पारेका छन् । बालेनले राजनीतिक दलका नेताबाट देश नबन्ने तर्क पनि गरेका छन् ।
नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पोखेका हुन् ।
‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’ र्यापरसमेत रहेका उनले कवितात्मक शैलीमा फेसबूकमा लेखेका छन् ।
मेयर बालेन सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण विवादमा आउने गर्छन् । केही महिनाअघि मात्र ‘सिंहदरबारमा लागो लगाइदिन्छु’ भन्दै उनले विवादित अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम






