काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजनीतिक दलका नेताहरूप्रति कटाक्ष गरेका छन् । उनले बुधवार राति सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् ।
पछिल्लो समय केही शीर्ष दलका नेताहरूले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेका छन् । मेयर बालेनले यसप्रति व्यंग्य गरेका हुन् ।
उनले ‘मिसन–८४’ ले देश नबन्ने स्पष्ट पारेका छन् । बालेनले राजनीतिक दलका नेताबाट देश नबन्ने तर्क पनि गरेका छन् ।
नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पोखेका हुन् ।
‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’ र्यापरसमेत रहेका उनले कवितात्मक शैलीमा फेसबूकमा लेखेका छन् ।
मेयर बालेन सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिका कारण विवादमा आउने गर्छन् । केही महिनाअघि मात्र ‘सिंहदरबारमा लागो लगाइदिन्छु’ भन्दै उनले विवादित अभिव्यक्ति दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





