नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रीत अभियान ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ आजदेखि सुरू हुँदैछ । दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले संकल्प यात्राको उद्घाटन गरेपछि एमालेको झण्डै २ हजार किलोमिटर लामो संकल्प यात्रा सुरू हुनेछ ।
एमालेले उक्त अभियानलाई नागरिक र पार्टीबीच सम्बन्ध सेतुको रूपमा अर्थ्याएको छ। उक्त अभियानमा एमालेले आम नागरिकहरूको अनुभूति र अपेक्षा सुन्ने बताएको छ ।
अभियानमा ठूला सभाहरू कम र अन्तर्क्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफललाई बढावा दिने एमालेको लक्ष्य छ । ठूला सभाहरू पनि एक डेढ घन्टाको हुने बताइएको छ ।
सभामा अध्यक्ष ओली र स्थानीय नेताले बोल्नेछन् । कम्तिमा एउटा जिल्लामा एउटा सभा गर्ने एमालेको तयारी छ । उक्त अभियानका क्रममा पुग्ने स्थानीय तथा जिल्ला कमिटीले नै खर्चको व्यवस्थापन गर्ने एमालेले जनाएको छ । केन्द्रले नगरी नहुने शीर्षकमा मात्र केन्द्रीय कोषबाट खर्च गरिने बताइएको छ ।
अभियानको नेतृत्व अध्यक्ष ओलीले गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





