चितवन राष्ट्रिय निकुञ्जमा बिगत नौ वर्षमा २०४ वटा गैँडाको मृत्यु भएको छ ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार विभिन्न कारणले आर्थिक वर्ष २०७२ देखि चालु आर्थिक वर्षको पाँच महिनासम्म २०४ गैँडाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७२\०७३ मा बुढो भएर तथा भीरबाट लडेर तीन , दलदलमा भासिएर तथा बाढीले बगाएर एक, एक आपसमा जुधेर चार, बाघ र गोहीको आक्रमणबाट दुई, करेन्ट लागेर एक, विष खाएर एक, कारण नखुलेको एक गरी १४ गौँडाको मृत्यु भएको निकुञ्जको तथ्यांकमा उल्लेख छ । जसमा भाले आठ, पोथी चार र पहिचान खुल्न नसकेको दुई गरी १४ वटा रहेका छन् ।
आर्थिक वर्ष २०७३\०७४ मा बुढो भएर तथा भीरबाट लडेर आठ, एक आपसमा जुधेर १०, चोरी शिकारबाट एक, करेन्ट लागेर दुई, बिरामी तथा रोगी भएर एक, खाडलमा परेर एक, कारण नखुलेको दुई गरी भाले १४ पोथी नौं र पहिचान खुल्न नसकेको दुई गरी २५ वटा गौँडा मरेका छन् । आर्थिक वर्ष २०७४\०७५ मा भने बुढो भएर तथा भीरबाट लडेर ११, दलदलमा भासिएर तथा बाढीले बगाएर एक, एक आपसमा जुधेर ६, बाघ र गोहीको आक्रमणबाट चार, करेन्ट लागेर एक, बिरामी तथा रोगी भएर २ र कारण नखुलेको एक गरी भाले १४ पोथी ११ र पहिचान नखुलेको एक गरी २६ गैँडाको मृत्यु भएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७५\०७६ मा बुढो भएर तथा भीरबाट लडेर ८, दलदलमा भासिएर तथा बाढीले बगाएर एक, एक आपसमा जुधेर नौं, बाघ र गोहीको आक्रमणबाट दुई , बिरामी तथा रोगी भएर दुई, खाडलमा परेर एक र कारण नखुलेको २० गरी भाले १० , पोथी १३ र कारण नखुलेको २० गरी ४३ गौँडाको मृत्यु छ । यो तथ्यांक आर्थिक वर्ष २०७४\०७५ मा भन्दा निकै धेरै हो । तर, आर्थिक वर्ष २०७६\०७७ मा भने गैँडा मृत्यु दरको संख्यामा केही कमी आएको देखिन्छ । यो आर्थिक वर्षमा बुढो भएर तथा भीरबाट लडेर सात, दलदलमा भासिएर तथा बाढीले बगाएर तीन, एक आपसमा जुधेर तीन, बाघ र गोहीको आक्रमणबाट एक, करेन्ट लागेर दुई, बिरामी तथा रोगी भएर तीन, विष खाएर चार र कारण नखुलेको तीन गरी भाले १२, पोथी ११ र पहिचान हुन नसकेको तीन गरी जिल्लाका २६ गैँडाको मृत्यु भएको छ ।
निकुञ्जको तथ्यांकमा भए अनुसार आव २०७७\०७८ मा बुढो भएर तथा भीरबाट लडेर १७, दलदलमा भासिएर तथा बाढीले बगाएर चार, एक आपसमा जुधेर ६, बाघ र गोहीको आक्रमणबाट एक, चोरी शिकार चार र बिरामी तथा रोगी भएर एक गरी ३३ गौँडाको मृत्यु भएको हो । जसमा भाले १३, पोथी १० र पहिचान नखुलेको १० गौँडा रहेका छन् । त्यस्तै आर्थिक वर्ष २०७८\०८९ मा बुढो भएर तथा भीरबाट लडेर ६ , दलदलमा भासिएर तथा बाढीले बगाएर नौ, एक आपसमा जुधेर ११, बाघ र गोहीको आक्रमणबाट ६, चोरी शिकारबाट दुई, बिरामी तथा रोगी भएर एक र कारण नखुलेको एक गरी भाले १७ पोथी १३ र पहिचान हुन नसकेको चार गरी ३७ गौँडा मरेका छन् ।
पछिल्ला तीन आर्थिक वर्षमा क्रमिक रुपमा गौँडा मृत्यु दर बढेको भए पनि पछिल्लो आर्थिक वर्षमा भने यस तथ्यांकमा केही कमी आएको छ । गत आर्थिक वर्ष २०८९\०८० मा बुढो भएर तथा भीरबाट लडेर आठ, एक आपसमा जुधेर तीन, बाघ र गोहीको आक्रमणबाट सात, चोरी शिकार दुई, करेन्ट लागेर एक र बिरामी तथा रोगी भएर एक, गरी भाले १२, पोथी सात र पहिचान नखुलेको ३ गरी २२ गैँडा मरेका छन् ।
यस्तै चालु आर्थिक वर्ष २०८०\०८१ को पाँच महिनामा भने बुढो भएर तथा भीरबाट लडेर एक, एक आपसमा जुधेर २, बाघ र गोहीको आक्रमणबाट दुई र चोरी शिकारका तीन गरी आठ गैँडा मरेका छन् । त्यस्तै जिल्लामा मात्रै नौं आर्थिक वर्षमा भाले १०२, पोथी ८० र पहिचान नखुलेको ४७ गरी २०४ गौडाको मृत्यु भएको हो । जसमध्ये आर्थिक वर्ष २०७५\०७६ मा सबै भन्दा धेरै गैँडाको मृत्यु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा


ट्रेन्डिङ
खबरमुकाम





