गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना एवम् शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा आजदेखि पाँचौंँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
यही मङ्सिर १६ गतेसम्म चल्ने प्रतियोगितामा गाउँपालिका अन्तर्गत ११ वटा माध्यामिक विद्यालयको सहभागिता हुने शिक्षा शाखा प्रमुख एवम् खेल व्यवस्थापन संयोजक सम्झना पोखरेलले जानकारी दिइन् । पालिकाभित्रका विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र सम्भावित प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।सम्पूूर्ण विधामा प्रथम हुने विद्यालयले १५ हजार, द्वितीय हुनेले रु १० हजार र तृतीय हुनेले रु सात हजार, ट्रफि मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । प्रतियोगितामा सहभागी ११ वटा विद्यालयबाट तीन सय ८३ विद्यार्थीको खेलमा प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।
माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र माध्यामिक विद्यालयको खेल मैदानमा सञ्चालन हुन प्रतियोगितामा छात्रछात्रा भलिवल, कवड्डी, लङजम्प, हाइजम्प, ट्रिपलजम्म लगायतका खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
यसअघि चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयले ११ स्वर्ण पाँच रजत र तीन कास्य पाप्त गरी प्रथम, माछापुच्छ्रे माविले चार स्वर्ण तीन रजत र तीन कास्य पाप्त गरी दोस्रो र उदया माविले चार स्वर्ण, दुई रजत दुई कास्यका साथ तेस्रो स्थान हासिल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भारत गए रास्वपा सभापति लामिछाने
- भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला
- प्रधानमन्त्री बालेन अभिव्यक्तिको तरंग, माफी माग्न झलनाथ खनालको चेतावनी
- रास्वपा सभापति लामिछाने आजदेखि भारत भ्रमणमा
- प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफलको कार्यसूची
- अर्थमन्त्री वाग्लेले बजेटका विषयमा पत्रकारहरुसँग सवाफ जवाफ गर्ने
- फुटको संघारमा राप्रपा, तीन पूर्वअध्यक्षले निकाले यस्तो विज्ञप्ति
- आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची



ट्रेन्डिङ
खबरमुकाम





