गण्डकी । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको आयोजना एवम् शिक्षा, युवा तथा खेलकुद शाखाको संयोजनमा आजदेखि पाँचौंँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
यही मङ्सिर १६ गतेसम्म चल्ने प्रतियोगितामा गाउँपालिका अन्तर्गत ११ वटा माध्यामिक विद्यालयको सहभागिता हुने शिक्षा शाखा प्रमुख एवम् खेल व्यवस्थापन संयोजक सम्झना पोखरेलले जानकारी दिइन् । पालिकाभित्रका विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र सम्भावित प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।सम्पूूर्ण विधामा प्रथम हुने विद्यालयले १५ हजार, द्वितीय हुनेले रु १० हजार र तृतीय हुनेले रु सात हजार, ट्रफि मेडल र प्रमाणपत्र पाप्त गर्ने छन् । प्रतियोगितामा सहभागी ११ वटा विद्यालयबाट तीन सय ८३ विद्यार्थीको खेलमा प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।
माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकस्थित महेन्द्र माध्यामिक विद्यालयको खेल मैदानमा सञ्चालन हुन प्रतियोगितामा छात्रछात्रा भलिवल, कवड्डी, लङजम्प, हाइजम्प, ट्रिपलजम्म लगायतका खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।
यसअघि चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयले ११ स्वर्ण पाँच रजत र तीन कास्य पाप्त गरी प्रथम, माछापुच्छ्रे माविले चार स्वर्ण तीन रजत र तीन कास्य पाप्त गरी दोस्रो र उदया माविले चार स्वर्ण, दुई रजत दुई कास्यका साथ तेस्रो स्थान हासिल गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- अन्ठानब्बे देशका १५ हजार बढी पर्यटकद्वारा पर्वतीय सङ्ग्रहालय अवलोकन
- नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकद्वारा प्रयोगशाला उपकरण हस्तान्तरण
- पर्यटकीय स्थल डहरे र अन्धाअन्धी दहको प्रवर्धन
- १२५५ को ७.८ रेक्टर भूकम्पको क्षतिपछि चारयुग झल्कने कलाकृति निर्माण गरिएको पनौती
- म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित
- लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो
- नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर