कास्की । पोखरामा जारी ‘केपी ओली कप टी—ट्वान्टी राष्ट्रिय क्रिकेट’ मा विभागीय त्रिभुवन आर्मी क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो ।
आर्मीले जितका लागि पाएको एक सय २८ रनको विजयी लक्ष्य १५ ओभरमा पूरा गर्न सफल भयो । टस जितेर बयाटिङ गरेको बागमतीले निर्धारित २० ओभर पूरै खेल्दै सात विकेटको क्षतिमा एक सय २७ रन बनाएको थियो ।
बागमतीका प्रतीक श्रेष्ठले ३५ बलामा चार छक्का र तीन चौकाको मद्दतमा अर्थशतकको योगदान दिए पनि टोलीलाई फाइनल पुर्याउन असफल हुनुभयो । यसैगरी कप्तान सन्दीप लामिछानले १९, रीत गौतमले १४, इशान पाण्डेले १२ रन बनाए । ‘प्लेयर अफ दी म्याच’ घोषित आर्मीका सहाव आलमले चार तथा सोमपाल कामीले दुई र विवेक यादवले एक विकेट लिए ।
आर्मीले विजयी लक्ष्य १५ ओभरमा छ विकेट गुमाएर पूरा गर्न सफल भयो । आर्मीका भीम सार्कीले सर्वाधिक ३९ रनको योगदान दिए । कुशल मल्लले २७ र विनोद भण्डारीले २५ रन बनाए । बागमतीका सन्दीप लामिछानले दुई तथा प्रतीश जिसी, इशान पाण्डे, सोनु देवकोटा रीत गौतमले समान एक–एक विकेट लिए । सुजन थपलियाले २१ र मनिष थापाले १६ रनको योगदान दिए ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलको दोस्रो खेल एपिएफ क्लब र मधेस प्रदेशकाबीच हुँदैछ । आर्मीले यी दुई टोलीबीचको विजेतासँग फाइनल खेल खेल्नेछ ।
यही मङ्सिर ७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ले रु २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





