बेनी । म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो ।
नगरभित्र कालोपत्र, ढलान र स्तरोन्नति गरिएका सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो । बिहीबार नगरप्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा–४ तातोपानीको पखेर जोड्ने फापरखेतको पुलसम्म, बेनपा–९ गलेश्वरको बेलीब्रिज, बेनपा–६ अर्थुङेको ढलान, बेनपा–२ र ३ को सिमान ढूधेखोलासम्म नयाँ रुट तय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले जानकारी दिए ।
अटोरिक्सा कच्ची सडकमा सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले रुट निर्धारण गरिएको भन्दै रुटबाहेक सञ्चालन गरेमा जरिवाना गरिने नगरपालिकाले जनाएको छ । अटोरिक्साका लागि कायम गरिएका रुटमा नगरपालिकाबाट इजाजत लिएर मात्रै सञ्चालन गरिने बताइएको छ । अटोरिक्सामा सवार गर्दा प्रतिकिलोमिटर रु साढे सात भाडासमेत निर्धारण गरिएको छ ।
कच्ची सडकमा यात्रु बोक्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी नियमित अनुगमन गरी रिक्साका चालकलाई सचेत बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताए ।
नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि बनाएकाले नियमसम्मत तरिकाले सञ्चालन गर्न चालकलाई अनुरोध गरिएको नगर प्रमुख केसीले बताए । उनले तोकिएको रुटबाहेक अटो सञ्चालन गरिएमा कारबाही गर्नेसमेत बताए ।
बेनी नगरपालिकाभित्र १० अटोरिक्सा सञ्चालनको अनुमति भए पनि हालसम्म छवटाको नम्बर कायम गरिएको छ । चारवटाको रुट कामय गरिने नगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





