काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य आजको प्रमुख आबश्यकता भएको बताएका छन् ।
अहिलेकै ब्यबस्था कायम रहे नयाँ तानाशाहको जन्म हुने भन्दै थापाले देश बचाउन र बनाउन राजसंस्था,हिन्दुराष्ट्र पक्षधर र संघीयता नचाहने बिच तत्काल मोर्चा निर्माण गरि नयाँ जनआन्दोलनमा जान जरुरी भएको आबश्यकता औल्याए ।
थापाले संबैधानिक अङ्ग, न्यायालय,प्रशासनिक क्षेत्र लगायत अन्य सबै क्षेत्रमा कब्जा जमायर सर्बसत्ताबाद लाद्ने दुष्प्रयास भैरहेको भन्दै उनले त्यसको प्रतिबाद हुनुपर्नेमा जोड दिए । असक्षम, असफल र अदुररदर्शीहरुले मुलुकमा ब्रम्हलुट गरिरहेको भन्दै थापाले मुलुकको स्वाधिनको रक्षाको निमित्त एकपटक सबै सडकमा आउनु पर्ने समय आएको समेत बताए । उनले आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आग्रह समेत गरे।
राप्रपा नेपाल काठमाडौं जिल्ला समितीले आयोजना गरेको कार्यक्रममा नेताहरु जयकुमार खड्का,तारानाथ लुईटेल, इन्द्र चित्रकार ,राजाराम बर्तौला ,श्याम घिमिरे लगायतले संगठन सुदृढीकरण र आन्दोलनको तयारी बारे बोलेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाढीग्रस्त क्षेत्रमा शिव शक्ति बाबाको राहत वितरण
- मुक्तिनाथ विकास बैंक र यातायात व्यवसायी महासंघबीच सम्झौता, व्यवसायीलाई सहुलियत ब्याजदरमा कर्जा
- भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १२७ पुग्यो, ४ हजार ८५८ अझै सम्पर्कविहीन
- रसुवा बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना
- प्रतिनिधिसभा बैठक आज, भोटेकोशी बाढीबारे विशेष प्रस्ताव प्रस्तुत हुने
- बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ पुग्यो
- नेशनल लाइफ इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा १ करोड ५१ लाख सहयोग


ट्रेन्डिङ
खबरमुकाम





