एमाले रूपन्देहीले झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अभियानमा जिल्ला पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले मंसिर २० गते गुल्मीको वामीटक्सारमा आयोजना हुने जनसभामा जिल्लाको पार्टी पंक्तिलाई परिचालन गर्ने निर्णय गरेको हो ।
एमाले रूपन्देहीका अध्यक्ष तेजेन्द्र केसीका अनुसार, जिल्लाभित्र रहेका केन्द्रीय कमिटीका सदस्य, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय विभागका सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, संघ, प्रदेश र जिल्ला पालिकाका जनप्रतिनिधिहरू, जनसंगठनका जिल्ला पदाधिकारी र सोभन्दा माथिका पदाधिकारी र पालिका कमिटीका पदाधिकारी जनसभामा अनिवार्य सहभागी हुने निर्णय भएको छ ।
नेपाल-भारत सीमा क्षेत्र बैतडीको महाकाली नदीको डिल झुलाघाडमा एमाले अध्यक्ष ओलीले बिहीबार संकल्पयात्राको शुभारम्भ गरेका हुन् । पुष २ गते चिवाभञ्जाङ पुग्ने कार्यक्रम छ । यो अभियानका क्रममा ठाउँ-ठाउँमा आमसभा हुने छन् ।
त्यसैगरी, बैठकले भूकम्प प्रभावित रूकुम पश्चिमको आठबीसकोट नगरपालिका-१४ छेपारेमा अस्थायी टहरा बनाउन खटिएको रूपन्देहीको टोलीले १८ वटा अस्थायी टहरा बनाएर प्रभावित परिवारलाई हस्तान्तरण गरेकोमा धन्यवाद दिएको छ ।
बैठकमा पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले पार्टी पंक्तिलाई उत्साहका परिचालन हुन निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





