मुकाम डेस्क । पोखरा महानगरपालिकाको लेखनाथमा पुस ५ गतेदेखि महोत्सव हुँदै छ । १६ गतेसम्म चल्ने १९ औं संस्करणको महोत्सवको आयोजना लेखनाथ उद्योग वाणिज्य संघले गरेको हो ।
२०५८ सालमा सुन्तला प्रदर्शनी गरेर सुरु भएको महोत्सव अहिले वृहत भैसकेको छ । २०६१ सालदेखि लेखनाथ महोत्सवको रुपमा मनाउन थालिएको संघ अध्यक्ष विनोद श्रेष्ठले बताए ।
विभिन्न जातजाति भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनको भनाई छ । लेखनाथ र आसपासमा उत्पादित वस्तुहरुको बजारीकरण, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रदर्शनी एवं बिक्रीमा संघले जोड दिएको श्रेष्ठको भनाइ छ ।
महोत्सवमा ३ सय ३५ वटा स्टल रहनेछन् भने २ लाख ५० हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य छ । मेला अवधिभर ९ करोड बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । यसबाट ९० लाख रुपैयाँ आम्दानी गरेर १० लाख बचाउने महासचिव जानुका पराजुलीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





